• २०८३ असार १ गते सोमवार

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं : बाबुराम भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

असार २९, काठमाडौं । जनता समाजवादी पार्टी संघिय अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई चिनेर छिटो विदा गर्नुपर्ने बताउनुभएको छ । मंगलबार फेसबुकमा ‘ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं‘ लेखेका भट्टराईले प्रधानमन्त्री ओलीले सत्तामा पुगेर चरम दुरूपयोग गरेको दाबी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका भट्टराईले लेख्नुभएको छ–

‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आमजनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ १’

भट्टराईले फेसबुकमा यस्तो लेखेका छन् :

सर्वोच्च अदालतको आदेशबाट विदा हुन लागेको ओली सरकारको खतरनाक प्रवृ्त्तिवारे पोहोर साल २५ अप्रिल २०२० मा पोष्ट गरेको यो स्टाटस सबैको स्मरणार्थ पुनस् पोष्ट गरें हैस्

– यो भष्मासुर प्रवृत्ति हो:

हिन्दू मिथकमा भष्मासुर भन्ने राक्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ। तर उसले पछि ऋषिहरू कुनै शास्त्रमा महादेव स्वयमको टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफ्नै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्। ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आमजनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ।

– यो हिटलर प्रवृत्ति हो:

जर्मन चान्सलर हिटलर कथित आर्य नस्लका शुद्ध जर्मनबाहेक यहूदी लगायत अन्यप्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततस् दोस्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।

नेपालमा पनि ओली प्रवृत्तिले मधेसीलगायतका उत्पीडित जाति र समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ।

– यो स्टालिन प्रवृत्ति हो:

रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ९मुख्यतस् कृषि क्षेत्रमा० लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए।

नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा १४ वर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधिरप्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको बेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेवारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

– यो चाउचेस्कु प्रवृत्ति हो:

पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठूलो भवन मध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता, आफन्त र आसेपासेवाद, मनपरीतन्त्र गर्थे र पार्टी नेतारकार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्ततस् जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो।

नेपालमा ओली प्रवृत्तिले हुर्काएको यति प्रकरण र ओम्नी प्रकरण लगायतका अनगिन्ती भ्रष्टाचार, राष्ट्रपति र प्रधानमन्त्रीको फजुल खर्च र विलासी शैली रढाँटबाँट,आसेपासेको बाक्लो घेरा र उदण्ड शैली, मदन भण्डारी फाउन्डेशनलगायतका अनगिन्ती फ़ाउन्डेशन र एनजीओ र आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ।

अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आमजनताको सक्रियतामा यो कोरोनाभइरसभन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस