• २०८३ जेष्ठ १६ गते शनिवार

रौतहटमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, रौतहट । रौतहटमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिकामा भारतीय कार दुर्घटना भएको हो ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस