• २०८३ जेष्ठ ३ गते आइतवार

बहुमतीय सरकारका लागि कसैको दाबी परेन : राष्ट्रपति कार्यालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री पदका लागि दाबी गर्न आह्वान गर्नु भएकाे थियाे । उक्त समयमा दाबी नपरेको औपचारिक जानकारी भर्खरै विज्ञप्तिमार्फत् राष्ट्रपति कार्यालयले गराएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस