• २०८३ बैशाख ९ गते बुधवार

बेलायतद्धारा भारतलाई थप १२ सय अक्सिजन सिलिण्डर सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 बैशाख ३०, काठमाडौं । कोभिड १९ को दोस्रो लहरबाट तङ्ग्रिएको भारतलाई बेलायतले थप एक हजार दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बिहीबार उक्त सिलिण्डर बोकेको कतार एयरवेजको विमानलाई भारतमा स्वागत गरिएको छ ।

समाचार संस्था एएनआईका अनुसार बेलायतले गरेको सहयोगप्रति भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले धन्यवाद ज्ञापन गर्नुभएको छ । उक्त सिलिण्डर कतार विमान सेवाले निशुल्क ढुवानी गरेको छ । बेलायती कम्पनीले यसअघि गत् सोमबार भारतलाई एक हजार ३५० सिलिण्डर सहयोग गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस