• २०८३ बैशाख ३१ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, भोजपुर । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस