• २०८३ जेष्ठ ८ गते शुक्रवार

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, भारत  । पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १००० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस