• २०८३ बैशाख ११ गते शुक्रवार

नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश स्वीकृत, संसदमा एमालेको अवरोध कायमै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । प्रमुख प्रतिपक्षीका सांसदको नाराबाजीबीच नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको सभामुख अग्नि सापकोटाले जानकारी गराएका छन् ।

सभामुख सापकोटाले हिजोअस्ति झैं बैठक सुचारू गर्न सहयोगका लागि एमाले सांसदहरूलाई आग्रह गरेका थिए । सांसदहरूले भने पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद लगायतका नारा लगाइरहे ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैं पार्टी फुटाउने षड्यन्त्रमा लागेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस