• २०८३ बैशाख १६ गते बुधवार

ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, काठमाडौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका(४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस