• २०८३ कार्तिक १८ गते मङ्गलवार

नेपालमा एचआइभीरएड्सबाट प्रभावितहरुलाई कोरोनाको जोखिम उच्च

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३१, काठमाडौँ। एचआइभीरएड्सबाट प्रभावितको सन् २०२० को तथ्याङ्कले ११ हजार ९१६ जना महिलाको सङ्ख्या रहेको देखाउँछ । त्यसबाट प्रभावित पुरुषको सङ्ख्या पनि १७ हजार ५८७ जना तथ्याङ्क छ ।

एचआइभी-एड्सबाट प्रभावितको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उनीहरुलाई एन्टीरेक्टल भाइरल थेरापी –(एआरटी)को दैनिक सेवनको साथै पोसिलो खानाको व्यवस्थासहित सङ्क्रामक रोग लाग्नबाट बचाउनुपर्ने हुन्छ । तर विश्वलाई नै प्रभावित पारेको कोरोना सङ्क्रमणको पहिलो लहरलाई जसोतसो झेलेपनि दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको लहरले भने प्रभावितको जीवन रक्षाका लागि फेरि चिन्तामा पारेको छ ।

यसखालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु झनै प्रभावित हुने निश्चित छ । महामारीको बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिहरु बढि प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्नेमा जोड दिनुपर्छ ।

यस महामारीका कारण अन्य व्यक्तिको साथै एचआईभी – एड्सबाट प्रभावित व्यक्ति विशेषगरी पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी (एआरटी) जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुन्छ ।

सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको स्थापना गरी देशैभर रहेका प्रभावितका लागि एआरटी निःशुल्क उपलब्ध गराइरहेको छ । विगतमा सरकारले पाँच वर्ष मुनिका बालबालिकाको हकमा पौष्टिक आहार पनि वितरण गर्दै आएकोमा हाल हटाइएकोप्रति महासङ्घले त्यो सुविधा पुनः सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस