फागुन १, कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका–१९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।