• २०८३ बैशाख ४ गते शुक्रवार

प्रेस युनियन डोटीमा आबद्ध पत्रकारहरूको दुर्घटना बिमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, डोटी । नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एशियन लाईफ ईन्स्योरेन्स दिपायलले एक लाख बराबरको बिमा गरिदिएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।

एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जोखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जोखिम बिमा गरि दिएको पण्डितले बताए । उनले भने  ज्यानको बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएको हो । आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे । शाखाले ५० तथा प्रेस युनियन डोटीले २० जना वापतको बिमा शुल्क ब्यहोरेको अध्यक्ष बमले बताए ।

डोटीमा ६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै आएको एशियन लाईफ ईन्स्योरेन्स डोटीको पुरानो बिमा कम्पनि हो । एशियनले डोटीबाट नै सबै प्रकारका बिमाहरूको भुक्तानी गर्दछ । जीवन बिमा कोष २३ अर्ब रहेको एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएको प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफको देशभर १४० शाखा कार्यालय रहेको छ ।

यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरको सहयोगमा लुम्बिनी ईन्स्योरेन्समा युनियन आवद्व ९२ पत्रकारहरूको कोराना बिमा गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस