मंसिर २६, मुगु । हिमाली जिल्ला मुगुमा आईतवार आगलागिबाट पिडित घर परिवारका बालवालिका लाई राहत सहयोग गरिएको छ । अन्तरधार्मिक राष्ट्रिय सँजाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिला नागरिकहरु कमला पन्थी, नाहिदा बानु, मोना आदित्य, सुर्जकला नेपाली, र भावना चौलागाईको सँकलित रकम बाट ६५ बालवालिका लाई झोला र स्वईटर सहयोग गरिएको हो ।

आईतवार बितरण गरिएको राहतमा १६ वर्ष मुनिका ६५ बालवालिका लाई जम्मा २ लाख ५६ हजार बरावरको रकममा राहत सामग्री सहयोग गरिएको सामाजिक अभियान्ता चेतना शाहीले बताईन । उनका अनुसार मनकारी महिलाहरुको संकलित रकम बाट सानो भए पनि घाउमा मलम लगाउने प्रयास गरेको शाहीको भनाई छ । अन्य भन्दा अग्नि पिडितका बालवालिकाहरुको पढाईमा आयम थपियोस, यो चिसो समयमा हातमा भन्दा झोलामै किताव कापि बोकेरै सजिलैसँग विद्यालय सम्म पुगोस भन्ने हेतुले स्वइटर र झोला वितरण गरेको जनाईएको छ ।
उनले यो मात्र नभई यो भन्दा अगाडी पनि ३ लाख बरावरको अग्नि पिडित लाई राहत सामग्री सहयोग गरि सककी छन् । उनको यो अहिले मात्रको प्रयास होईन शाहीले गरिब , दुखि नागरिकहरु लाई सक्दो सहयोग गर्दे आउनु भएको छ । पछिल्लो समय मुगुका आगलागि पिडित लाई विभिन्न निकाय बाट राहतका सामग्री प्रदान हुदै आई रहेका छन् । कर्णाली प्रदेश सरकारले नगद रकम दिने घोषणा पनि गरि सकेको छ ।