मंसिर २६, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । १३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले उम्मेदवारी दिनुभएको छ । यस्तै दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
हेर्नूहोस् उम्मेदवारको सूची
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/12/congress-last-nomination-list.pdf”]