जेठ १३, काठमाडौं । गीतकार सुमन कुमार धितालले प्रमोद पन्तको सङ्गीत र चर्चित गायक सिडी विजय अधिकारीको आवाजमा “छोडी जानेलाई” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
राजु कार्कीको एरेन्ज कुमार केसीको रेकर्ड र अशोक महर्जनको मिक्सिङ्ग रहेको गीतको म्युजिक भिडियो हालसालै पिपिएम म्युजिक कृयसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
जुना कार्की र रमेश रम्तेलको अभिनय रहेको भिडियोमा सुबिन गोदारको छायांकन र विनोद बमको सम्पादन रहेको छ। भिडियो मुक्तिनाथ टिमले निर्देशन गरेको हो।