असोज २६, काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा थप ७ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन । याेसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३ हजार ५ सय ५२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ सय १० जना डिस्चार्ज भएका छन । याेसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७७ हजार ७ सय ४३ जना रहेको छ । आज १४ जनाको मृत्यु भएकाे छ । याेसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ जना पुगेको छ ।