• २०८३ जेष्ठ २ गते शनिवार

प्रिमियर लिगमा युनाईटेड शीर्षमा, रोनाल्डोले गरे २ गोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, चेल्सी, क्रिष्टल प्यालेस, आर्सनल, म्यानचेष्टर सिटी, ब्राइटन र उल्भस् विजयी भएका छन्।

शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन्। उनी इटालियन क्लब युभेन्ट्सबाट युनाईटेड आएका हुन्। खेलको ६२ औं मिनेटमा लुक शको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए।

शानदार जीत निकालेकाे युनाईटेडको दश अंक भएको छ र उ तालिकाकाे शीर्ष स्थानमा छ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै माटियो कोभासिचले एक गोल थपे। चेल्सी १० अंकसहित दोस्रो स्थानमा छ।

यस्तै आर्सनलले नर्विच सिटीलाई हरायो। यसै गरी क्रिस्टल प्यालेसले टोनह्यामलाई ३-०ले पराति गर्दा म्यान्चेष्टर सिटीले लिस्स्टरलाई १-०ले पराजित गर्यो। यसै गरी ब्राइटनले ब्रेनफुटलाई हराउँदा उल्भसले वार्टफोर्डलाई हरायो।

Sharing

प्रतिक्रिया दिनुहोस