• २०८३ जेष्ठ १० गते आइतवार

तपाईंको मास्क खोइ अभियान : ६५ हजार बढीलाई नि:शुल्क मास्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २८ काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ४ हजार ३ सय ७६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।

नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ५७ जनालाई २५ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८ सय ९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहित २ सय ९९ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ५८ हजार २ सय ८२ जनालाई सचेत गराइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस