असार २८, काठमाडौँ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले भेदभावरहित रुपमा कोरोना विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ । एआईएनले एक अपिल जारी गर्दै भनेको छ, ‘जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा रहेकाहरुलाई लक्षित गर्दै कोभिड- भ्याक्सिन वितरण गर्न आग्रह गर्दछौं ।

अमेरिका, चीनलगायतका मुलुकहरुबाट विभिन्न देशहरुमा खोप आयात भइरहेको सन्दर्भमा एआईएनले यस्तो आग्रह गरेको हो । संसारभर असमानरुपमा भ्याक्सिन वितरण भइरहेको र निश्चित देशहरुले असंख्य मात्रामा खोप कब्जा गरेका कारण नेपाल जस्ता मुलुकहरु समस्यामा परेको समेत अपिलमा उल्लेख गरिएको छ ।