• २०८३ बैशाख ६ गते आइतवार

जसपा शीर्ष नेताहरुको बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । आज बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको हो ।

लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै भोलिसम्म एकीकृत धारणा तय हुने एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिनुभएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस