• २०८३ साउन २१ गते बिहिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, सय जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ तथा कोशी र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text

त्यस्तै देशभर भएका दुर्घटनामा १०० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १९ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४ जना, सुदूरपश्चिममा १४ जना, गण्डकीमा ३ र कर्णालीमा ११ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस