• २०८३ असार ६ गते शनिवार

भारतमा पछिल्लो २४ घण्टामा ४,२०५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ३.४८ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१९८

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख

हालसम्म कूल संक्रमित भइसकेकाः २.३३ करोड

हालसम्म निको भएकाः १.९३ करोड

हालसम्म कूल मृत्युः २.५४ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.९९ लाख

Sharing

प्रतिक्रिया दिनुहोस