• २०८३ असार ५ गते शुक्रवार

चौलागाईको निधनबाट पार्टीले एक असल र निष्ठावान नेतालाई गुमायो:प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनले पार्टीको एक असल र निष्ठावान नेतालाई गुमाएको भन्दै अत्यन्त दुःखित तुल्याएको बताउनु भएकोछ ।

प्रधानमन्त्री ओलीले आज शोक वक्तव्य जारी गर्दै उहाँले नेता चौलागाई भद्र, शालीन, मिलनसार, असल र निष्ठावान नेतालाई गुमाउन पुगेको उल्लेख गर्दै दोलखाका जनताले मात्र नभई आम नेपाली जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताउनुभयो ।

वक्तव्यको पूर्णपाठ

हाम्रो पार्टी नेकपा-एमालेका केन्द्रीय सदस्य, संविधानसभा सदस्य, तथा वागमती प्रदेशसभाका सदस्य माननीय पशुपति चौलागाईंको धनको खबरले मलाई अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद् घडीमा कमरेड पशुपति चौलागाईंप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

भद्र, शालीन, मिलनसार छवि बनाउनु भएका कमरेड पशुपपति चौलागाईंले नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष, प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्यका रुपमा समेत जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक असल र निष्ठावान नेतालाई गुमाउन पुगेको छ भने दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएका छन् । नेकपा ९एमाले०को नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पु¥याउनु भएको योगदानलाई पार्टीले सधैं स्मरण गर्ने छ ।

यस दुःखद् घडीमा कमरेड पशुपति चौलागाईंप्रति पुनः हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

Sharing

प्रतिक्रिया दिनुहोस