भदौ ३०, चितवन । चितवनको खैरहनीमा एक लाख ४४ हजार रुपैयाँ नगदसहित आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ खैरहनी–८, लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेका कृष्ण श्रेष्ठ र विष्णु सुनार, खैरहनी–६ का नवीन बस्नेत, राप्ती नगरपालिका–६ का सुदीप गिरी, दीपेश बर्तौला, चूडामणि थपलिया, राप्ती–४ का केशवप्रसाद तिमिल्सिना र राप्ती–५ सुदन धरेललाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।