• २०८२ जेष्ठ ३० गते बिहिवार

विमानस्थलबाट सगरमाथाबाट ल्याइएको ‘पत्थर बरामद

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर’ सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार रहेको हेलिकप्टरबाट आएका आरोही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकबाट बरामत गरिएको छ ।

बरामद गरिएको त्यो पत्थर बन विभागका अधिकारीलाई जिम्मा लगाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो ढुंगा फेला परेको थियो । अबैध ढुंगा फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमालिई छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस