• २०८३ असार १२ गते शुक्रवार

७८ पिसिआर गर्दा ४१ जनामा कोरना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, बाँके । बाँकेमा ७८ जनामा पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिएका हुन ।

उनका अनुसार बाँकेमा चैत यता तीब्र गतिमा कोरोना फैलिरहेको छ । चैत महिनामा मात्र हालसम्म १ सय ९६ जना संक्रमित भएका छन् । भेरी अस्पतालमा ५४ जना उपचाररत छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस