बैशाख १३, काठमाडौं । तारकेश्वर नगरपालिमा वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठले आफ्ना वडाबासीलाई आफ्नो घरबाट बाहिर ननिस्कन अनुरोध गर्नु भएकोे छ । उहाले भन्नुभयो आँखाले नदेखिने रोग भएकाले कृपया घरबाट ननिस्किदिनुहोस । हामी राहतको व्यवस्था घर घरमै गर्ने छौं ।
उहाका अनुसार भौगोलिक रुपमा तारकेश्वर नगरपालिकाको सानो वडा भएपनि ६८ जिल्लाका मानिसहरु यस वडामा बसोवास गर्दछन । दैनिक ज्यालादारी मजदुर, कोठामा बसेर खाद्यान्य अभाव भएकाहरु, सुत्केरी, एकल महिलाहरुलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको पनि उहाले बताउनु भयो ।
हेर्नुहोस भिडीयो