• २०८३ असोज १३ गते मङ्गलवार

माओवादीका ६० भन्दा बढी नेता एमाले प्रवेश गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौँ। देशभरबाट माओवादीका २५ जनाभन्दा बढी नेतालाई एमालेमा प्रवेश गरिसकेका छन् भने अझै ३५ भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री केपी ओलीले आफू निकटस्थलाई जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३५ भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’ एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसक्नुभएको छ । त्यस्तै पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बन्नूभएको छ ।

त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् । लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ । माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस