• २०८३ जेष्ठ १० गते आइतवार

सुर्खेतमा समयमै उद्धार नहुँदा सुत्केरीको मृत्युु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, सुर्खेत। सुर्खेतमा समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।

हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएको र तत्काल हेलिकोप्टर नपुग्दा उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस