• २०८३ बैशाख ९ गते बुधवार

अनुमति नलिइ गुणस्तर चिन्ह राख्ने दाङको सम्राट सिमेन्ट उद्योगलाई कार्वाही

खबर24नेपाल लुुम्बिनी प्रदेश ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, दाङ । सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । सिमेन्टमा अनुमति नलिइ नेपाल गुणस्तर चिन्ह (एनएस) राखेको पाइएपछि विभागले कारबाही गर्ने भएको हो ।

दाङमा रहेको यो उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको विभागको भनाइ छ । विभागले फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमन गरेको थियो । सोही क्रममा सय बोरा सिमेन्ट गुणस्तर चिन्ह अंकित पाइएको हो । विभागका अनुसार नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार उक्त उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको गुणस्तर तथा नाप तौल बिभागले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस