• २०८३ बैशाख ८ गते मङ्गलवार

जसपाले आज संसदीय दलको नेता छान्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ। आजको संसदीय दलको बैठकमा संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।

गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन। पार्टी एकीकरणकै बेला जसपा संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाउने सहमति भएको थियो। एकता हुनुअघि राजपामा महन्थ ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलका नेता थिए। संसदमा चौथो ठूलो दल रहेको जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।

Sharing

प्रतिक्रिया दिनुहोस