• २०८३ साउन १७ गते आइतवार

काठमाडैंमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडौँमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भएरनभएको बारे टोली नै बनाएर निगरानी थालिएको छ । हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको छ ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।

यसैबीच, सरकारले सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड लागू गरे पनि त्यसको पालना भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस