पौष २८, काठमाडौँ। काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् ।आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।