• २०८३ बैशाख १२ गते शनिवार

राउटे बस्तिमा खाद्यन्न र लत्ताकपडाको अभाव

राउटे समुदाय संकटमा पर्नु प्रमुख कारण नै सरकार
जितेन्द्र थापा पढ्न लाग्ने समय : ८ मिनेट

मंसिर २५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर देखि करिब तीन घण्टाको यात्रा । सुर्खेतकोे सिम्ता गाउँपलिका कालिखोला बिचमा पुगेर रोकियो । सडक नजिकै भेरीको किनार छेउमा राउटे बस्ति ।

राउटे बस्तिमा पुग्यौँ । राउटेहरु एकसरो कपडामा थिए । नदि किनारको छेउ यसै पनि उनीहरु जाडोले कापेजस्तो देखिन्थ्य । नेपालकै अति लोपउन्मुख जाती राउटे समुदाय आफ्नै कर्ममा व्यस्त थिए । पहिले पहिले खुलेर बोल्ने राउटे बिचमा मिडियाबाट आतंकित हुँदा खुलेर बोल्थेनन् । कोही काठका भाँडाकुडा बनाउदै त कोहि घरको झाप्रो बनाउन काठहरु बोक्न कस्सिएका थिए । कोही आफुले बनाएका काठका भाँडाकुडा पिठयुँमा बोकेर गाउँतिर जाने तरखरमा थिए ।

नदीको छेउ आफैमा सुन्दर थियो । नदिको छेउछाउमा गाइगोरु र गोठालाहरु आफ्नै धुनमा उनीहरु पनि व्यस्त देखन्थे । कल कल बग्ने भेरी र त्यस्को छेउमै सुन्दर सुर्खेतको सिम्ता गाउँपालिका ४ कालिकोखोला । बिहान र साँझ मुटुु काप्ने जाडो त्यहिमाथि नदिको किनार । फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय एकसरो कपडामै मस्त थिए । उनीहरुको बस्ने झाप्रोभित्र यत्र तत्र छरिएका लुगा कपडा भाडा कुडा छरिएर रहेका थिए ।

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय कर्णाली र सुदुरपश्चिम प्रदेशका आसपासका जंगलमा फिरन्ते जीवन बिताउने नेपालकै लोपउन्मुख जातीमा पर्छ । राउटेका आफ्नै मुल्य मान्यताहरु छन् । समयको घडीसँगै उनीहरुको आनी बानी पनि परिर्वतन हुँदै गएको छ ।
राउटेहरुका अन्य आनबिानी परिर्वतन भएपनि स्वास्थ्य क्षेत्रका आनीबानी भने परिर्वतन हुन सकेका छैनन् । जस्ले गर्दा उनीहरु दिर्घ रोगको सिकार भइरहेका छन् । नदिको छेउमै बगेको भेरीको नदि नै भएपनि सरसफाइमा भने उनीहरुको चासो कमै देखिन्थ्यो ।

प्रायजसो मानिसहरु स्वस्थ रहनुपर्छ यसरि हात धुनुपर्छ उसरी धुनुपर्छ भनेर सहरका ठुलठुला होटेलमा तालिम गोष्ठिको आयोजना हुन्छ । जहाँ हात धुन सबैलाइ आउछ । स्वस्थ रहनुपर्छ भन्ने सबैलाई थाह छ । त्यस्तै ठाउँमा विभिन्न संघसंस्था देखि राज्यले लाखौँ खर्च गर्छ । तर,जो समाजबाट पिछडिएको । नेपालकै लोपउन्मुख जातीमा पर्छ राउटे । उस्का आनि–बानी परिर्वतनका लागि राउटे बस्तिमा नत कुनै संस्थाले नै तालिमको आयोजना गरेको छ । नत सरकारले नै । अहिलेसम्म राउटेको पहुँचमा कुनै कार्यक्रम नरहेको अध्यक्ष खड्को भनाई छ । सहरका ठुलठुला होटेलमा हातमुख धुन जान्नेलाई नै लाखौँ खर्च गरिन्छ किन,’उनी भन्छन्, ‘साच्चिकै तालिम गर्नुनै छ भने त्यस्ता ठाउँमा गर्नु जहाँ सरसफाईमा ध्यान पुगेको छैन । त्यो ठाउँ हो राउटे बस्ति मासु भात खाएर गर्ने खर्च राउटे बस्तिमा सुख्खा रोटि खाएर कार्यक्रम गरिदिनुस ।’

अन्य बानी परिर्वतन भएपनि स्वास्थ्यमा परिर्वतन भएन राउटे
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका अन्य आनिबानी परर्वतन भएपनि स्वास्थ्यमा परिर्वतन भएको देखिदैन । पहिले जंगलमा गिठा भ्याकुर,गुनाबाँदरको मासु खाने राउटे परिर्वतन भएर अहिले खसि बाख्रा,कुखुराको मासु खान्छन् । पहिले पहिले पैसा छोए पाप लाग्छ भन्ने यो जाती अहिले आफै पैसा माग्छन । उनीहरुको नजिक प¥यो कि पैसा माग्न थाल्छन् ।

पहिले उनीहरुले जे मागे त्यो लिएरै जान्थे । राउटेले जे बोल्यो त्यहि लिएरै छोड्छ भन्ने अन्य समुदायका मानिसहरुमा विश्वास थियो । अहिले उनीहरुका अधिकांश आनिबानी परिर्वतन भए पनि सरसफाईमा भने परिर्वतन हुन सकेको छैन । जस्ले गर्दा उनीहरु दिर्घ रोगका सिकार भइरहेका छन् । प्रदेश सरकारले राउटेका लागि भनेर वार्षिक पाँच करोड छुट्याए पनि प्रभावकारी नभएको अध्यक्ष सत्य देवि खड्का बताउँछिन् । राउटेलाई साच्चिकै मन देखि परिर्वतन गर्छु भनेर लाग्नेलाई होइन,’उनले भनिन्, ‘राउटे बस्तिमा पुगेर फोटो खिचेर पर्किने र टिका लगाइ जानेलाइ मात्र जिम्मा दिने गरेको छ । जस्ले गर्दा राउटे समुदाय संकटमा पर्नुको प्रमुख कारण हो ।’

पेशा संकटमा,ज्यान जोखिममा
पुर्खौ पुर्खा देखि गर्दै आएको राउटेको सीपसँगै उनीहरु पनि पछिल्लो समय संकटमा पर्दै गएको छन् । समाज आधुनिकता तर्फ लम्किएसँगै र प्लाष्टिकका भाँडाकुडाको प्रयोग बढ्न थालेपछि उनीहरुको पेशा पनि संकटमा पर्दै गएको छ । आफुले सामान बनाएर गाउँमा गएपनि पहिलेजस्तै सामान नराख्ने गरेको राउटेका मुखिया दिल बहादुर शाही बताउँछन् । पहिले गाउँमा पुग्ने बित्तिकै राखिहाल्थे अन्न पनि भनेजति दिन्थे,’उनले भने, ‘तर,अहिले प्रायले लिनै छोडे बजारमा प्लाष्टिकको भाडा आएर ।’

गैरसमुदायको जस्तो विभेदको खाडल यहाँ छैन
समाजको मूलप्रवाहिकरणमा ल्याउने प्रयासहरू भइरहेपनि घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो विभेदको खाडल यहाँ छैन । राउटे मुलुकको कानुन जान्दैनन् । झै–झगडा र मुद्दामामिला गर्दैनन । शान्त र अनुशासित देखिने उनीहरूका आफ्नै परम्परा र चालचलन छन । राउटे समुदायको उत्थानका लागि क्रियाशील अभियान्ताहरूका अनुसार सानो ठूलो, धनी–गरिब र महिला–पुरुषबीच गरिने विभेद यो बस्तीमा भेटिदैन । एउटा बाँदर गुना मारे पनि मिलेर बाडेर खान्छन् ।

राउटे समुदाय आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको छ । ‘यहाँ लैङ्गिक हिंसा र एक–अर्काबीच विभेद छैन । अहिलेको समयमा महिला–पुरुष यसरी मिलेर बसेको समाज कमै देख्न पाइन्छ । आधुनिकता उन्मुख भएसँगै अन्य समुदायमा हिंसा र विभेदका घटना बर्सेनि बढ्दै गएका छन । हिंसाका रूप पनि बदलिँदो छ । जसले गर्दा महिला, बालबालिका र विपन्न परिवार मारमा पर्दै आएका छन । तर, राउटे समुदायमा यस्ता कुरीति भेटिन्छन् । मनबीर कल्याल ठकुरी राउटे समुदायका ७० वर्षीय ज्येष्ठ नागरिक हुन । उनले पनि आफूहरूको समुदायमा महिला र केटाकेटीलाई विभेद गर्ने चलन नरहेको जनाए । ‘सबैलाई माया गर्नुपर्छ । झगडा गरेर काम उनको बुझाइ छ ।’ अव्यवस्थित र जोखिमपूर्ण बसोबास भए पनि आपसी सम्मान र संरक्षण राउटे कुटीभित्र छ । अरु समुदायजस्तो घरेलु हिंसाबाट राउटे महिला प्रताडित छैनन् । बरु गैरराउटे समुदाय अनेक खालका हिंसा र विभेदको सिकार हुँदै आएको छ ।

राउटेहरुबाट नैतिकता एकता धर्म भन्ने केहो भन्ने कुरा हामी सक्षम मानिसहरुले सिक्न आवश्यक रहेको अध्यक्ष खड्का बताउँछिन् । हामी असली मानिसहरु र राउटे जंगली भन्न कहलाउने मानिसले उनीहरुबाट थुप्रै कुरा सिक्न आवश्यक छ उनले भनिन् ।

पैसा छोए पाप लाग्छ
पहिले पैसा छोए पाप लाग्छ भनेर अन्नसँग आफुले निर्माण गरेको सामान साटने गर्थे भने अहिले निर्माण सामग्रि पैसामा बेच्न थालेका छन् । पहिले महिलाले माघेसंराति र पुरुषले साउने संक्र्रातीमा नुहाउने चलन थियो अहिले प्राय सबै राउटेले नुहाछन् ।

उभिएरै दिशा गर्थे
हामी राजा हौँ भनेर उभिएरै दिशा गर्थे । अहिले आनीबानी परिर्वतन भएको राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकि अध्यक्ष सत्य देवी खड्का बताउँछिन् । पहिले हामी राजा हौँ हामी झुक्दैनौ भनेर उभिएरै दिशा गर्ने चलन थियो,’उनले भनिन्, ‘पछि म आफैले प्राटिकल गरेर देखाउदा उनीहरु अहिले बसेर दिशा पिसाब गर्ने भएका छन् ।’

बाह्र वर्षसम्म न्वारन गर्थेनन्
राउटे परिवारमा जन्मेको १२ वर्षसम्म न्वारन गर्ने चलन थिएन १२ वर्ष पछि मात्र नाम राख्ने चलन थियो । तर,अहिले जन्मिने बित्तिकै नाम राख्छन् ।

महिलाले बाहिरका पुरुषसँग बोले उस्कै श्रीमती हुन्छ भन्ने विश्वास
पहिले पहिले राउटे समुदायका महिलाले बाहिरका अन्य समुदायका पुरुषसँग सिधा नजरले हेरे वा बाले उस्कै श्रीमती भइन्छ भन्ने विश्वास थियो । अहिले उनीहरुको आनीबानी परिर्वतन भएर ‘सबैसँग बोल्ने गर्दछन् ।

कलम छोए देउता लाग्छन्
परापुर्वक कालमा राउटे समुदायमा पढाइ के हो ? पढ्ने के हो भन्ने सुइको समेत थाह थिएन । उल्टै उनीहरु कलम छोए पाप लाग्छ । देउता रिसाउछन् भन्ने अन्धविश्वासको भुँमरीमा रहेका थिए । तर,केही समय यता राउटेहरु पढाइ सम्बन्धी जानकार भएका छन् । पहिले पहिले कलम समात्न नसक्ने राउटे समुदायका बालबालिका अहिले कलम समातेर नाम लेख्ने भएका छन् । आफुहरुको रुची भएको तर,पढ्ने लेख्ने बाताबरण नभएको राउटे समुदायकि गाजलु शाही बताउँछिन् । पढ्न मन लाग्छ भन्ने प्रश्नमा उनको जवाफ थियो ‘पढ्न लेख्न मन त लाग्थ्यो तर,के गर्नु कसरी पढ्नु पढ्ने लेख्ने बताबरण नै छैन ।’

यता राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकि अध्यक्ष सत्यदेवि खड्का राउटेमा पढ्ने इच्छा भएता पनि उनीहरुलाई पढ्न सक्ने बताबरण नै राज्यले नमिलाएको बताउँछिन् । ‘पहिले कलम नसमात्ने राउटे अहिले कलम समात्ने भएका छन् तर,उनीहरुको लागि पढ्ने बतावरण नै छैन ।’

राउटेहरुको संरक्षण र उनीहरुको सिपको संरक्षणका लागि समय परिर्वतनसँगै उनीहरुलाई पनि परर्वतन गर्नुपर्नेसामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाले बताए । अहिले बजारमा प्लाष्टिकका भाँडाकुडाको प्रयोगले राउटे समुदायको पेशा संकटमा छ,’उनले भने, ‘उनीहरुको सिप संरक्षण गर्न उनीहरुलाई सरकारले आधुनिक सामानको बन्दोबस्त गर्नुपर्छ ।’

असुरक्षित जीवनशैलीले राउटे महिलाहरूको स्वास्थ्य जोखिममा
लैङ्गिक विभेद कमै भए पनि असुरक्षित जीवनशैलीले राउटे महिलाहरूको स्वास्थ्य भने निकै जोखिममा छ । ४१ घरधुरीमा एक सय ४९ को संख्यामा रहेका समुदायमा पुरुषभन्दा महिला धेरै रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार राउटे बस्तीमा ८१ महिला र ६८ पुरुष छन ।आधुनिक उपचार पद्धति, कृषि र पशुपालनदेखि टाढै रहने यो जाती पछिल्लो समय बाख्रा कुखुरा घरमै पाल्न थालेका छन् । भने बिरामी हुँदा अस्पताल धाउने गरेका छन् ।

सरकारले उपलब्ध गराउने मासिक भत्ताका भरमा उनीहरूको जीवनयापन चल्दै आएको छ । केही वर्ष पहिलेसम्म काठबाट बनाइएका हस्तकलाका सामग्रीसँग अन्न साटेर गुजरा चलाउने उनीहरू अहिले आफ्नो परम्परागत कमैले मात्र गर्ने गर्छन् । जसका कारण यो समुदाय संकटमा पर्दै गएको छ ।

गैरसमुदायसँगको घुलमिल बढेसँगैे परम्परागत पेसामा ध्यान दिन छोडे
राउटे समुदाय गैरसमुदायसँगको घुलमिल बढेसँगै राउटेहरूले परम्परागत पेसामा ध्यान दिन छोडेका छन् । कुनै बेला रूपैयाँ छोए पाप लाग्छ भन्ने समुदाय अहिले अरुसँग पैसा मागेरै गुजरा चलाउने । जाँडरक्सिकोे लतमा फसेका छन् । यसले उनीहरूको स्वास्थ्यसँगै परम्परागत पेसा र मूल्यमान्यताहरू भत्किदै गएका छन ।

राउटे बस्तिमा खाद्यन्न र लत्ताकपडाको अभाव
चिसो मौसममा नदी किनारमा बसिरहेका राउटे बस्तीमा यतिबेला खाद्यन्न र लत्ताकपडाको अभाव छ । न्यानो कपडा र खाद्यन्न नहुँदा समुदायका ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई समस्या भइरहेको मुखिया शाहीले बताए । ‘केही दिन अघि संस्थाहरूले दिएको चामल पनि सकियो,’ उनले भने, ‘अब के खाने भन्ने चिन्ता छ ।’ फिरन्ते जीवन बिताउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन । अव्यवस्थित बसाइँका कारण बस्तीका धेरैजसोमा दीर्घरोगको समस्या छ । राउटे मुखिया मानबहादुर शाही दिनभर छाप्रामै बस्छन । शाही रोगले थलिएका छन् । ‘खानको लागि चामल छैन । कतै गएर मागेर ल्याउन पनि सकिदैन,’ उनले भने, ‘भत्ता नपाएको पनि तीन महिना भयो ।’

Sharing

प्रतिक्रिया दिनुहोस