• २०८३ बैशाख २९ गते मङ्गलवार

गुणस्तरीय शिक्षालाई अगाडि बढाइने : मुख्यमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय शिक्षालाई अगाडि बढाइने बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव समारोह एवं नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सबै विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिसकिएको भन्दै मुख्यमन्त्री पोखरेलले अब साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले देवघाटमा भूमिको समस्या अन्यत्र भन्दा धेरै भएको बताउँदै चाँडै नै भूमि सम्बन्धि सबै समस्या हल हुने दावी गर्नुभयो । भूमि आयोगमा सरकारले नयाँ पदाधिकारी नियुक्त गरिसकेको हुँदा अब तीव्र गतिमा आयोगले काम गर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद सारु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिना विभागीयमन्त्री डोवाटे विक, देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस