बैशाख २८, काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको छ ।
हेर्नुहोस प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश


