चैत २, काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा मलेसियासँग नेपाल पराजित भएको छ । मलेसियामा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–१ ले पराजित भएकाे हो ।

प्रति हाफ ३५ मिनेट गरि चार हाफ भएको अभ्यास खेलमा नेपालले एक मात्र गोल गर्न सक्यो । नेपालका तर्फबाट समिर तामाङले एकमात्र गोल गरेका थिए । नेपाल विश्वकप छनोटको दोस्रो चरणको तयारी गर्न मलेसियामा छ ।
नेपालले दोस्रो चरण अन्तर्गत बहराईनसँग दुई म्याच खेल्दैछ । दुवै खेल बहराईनको घरेलु मैदानमा हुने तय छ ।