• २०८३ असार ७ गते आइतवार

बूढानीलकण्ठमा प्रचण्ड र देउवा बिच छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। गठबन्धनका लागि देउवासँग छलफल गर्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्रले विपक्षी गठबन्धनबाट सरकार गठनको पहल थालेका हुन्। सोमबार नै राष्ट्रपतिलाई सरकार गठनको आह्वान गर्न अनुरोध गरेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको सरकार गठनका लागि पहल थालेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस