• २०८३ बैशाख १३ गते आइतवार

केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गर्‍यो : नेता प्रकाशमान सिंह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २९,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको बताउनुभएको छ । आइतबार नेपाल दलित संघले काठमाडौंमा आयोजना गरेको जिल्ला भेलामा उहाँले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनःस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिनुभयो । विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति व्यक्त गर्दै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताउनुभयो । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उहाँले बताउनुभयो । नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाँले कांग्रेसको महाधिवेशन विधि र प्रक्रिया अनुसार हुनुपर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस