• २०८३ बैशाख ११ गते शुक्रवार

नेकपा विवाद : काठमाडौंका जनप्रतिनिधि एवं सांसद को कता ? (बिवरण सहित)

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष र प्रचण्ड-माधव पक्ष भएर विभाजित भईरहदा काठमाडौंका जनप्रतिनिधि पनि विभाजित भएका छन । काठमाडौं जिल्लामा जनप्रतिनिधिको अवस्था हेर्दा ओली पक्ष बलियो देेेखिन्छ ।

१. विघठित प्रतिनिधि सभाका ५ सांसद मध्ये ४ जना ओली पक्षमा

पार्टीमा देखिएको विवाद संगै विघटित प्रतिनिधिसभाका ५ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी एक जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन्।

काठमाण्डौ क्षेत्र नं ३ का कृष्ण राई, क्षेत्र नं ५ का ईश्वर पोखरेल, क्षेत्र नं ७ का रामवीर मानन्धर र क्षेत्र नं ९ का कृष्ण गोपाल श्रेष्ठ ओली पक्षमा छन् भने प्रचण्ड–माधव पक्षतिर क्षेत्र नं. ८ का जीवनराम श्रेष्ठ मात्र रहेका छन्।

२. प्रदेस सभाका २० मध्ये १३ जना ओली पक्षमा

काठमाडौं जिल्लाका २० निर्वाचन क्षेत्र मध्ये १६ वटामा प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य र ४ जना समानुपातिक सदस्य मध्ये १३ जना ओली पक्षमा र ७ जना प्रचण्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।

बागमती प्रदेस सभा सदस्यहरु अजय क्रान्ति शाक्य, केशव स्थापित, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, राजेश शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाल, दीपक निरौला, प्रकाश श्रेष्ठ, मणिराम फुयाल, सिता लामा र बेलिमाया घले ओली पक्षमा देखिएका छन भने अष्टलक्ष्मी शाक्य, कुसुम कुमार कार्की, केशव प्रसाद पोखरेल, वसन्त मानन्धर, रमा आले मगर, सिता अधिकारी र उर्मिला कर्माचार्य प्रचण्ड-माधव नेपाल पक्षमा देखिएका छन।

३. नगरपालिकाका ६ प्रमुख मध्ये ४ जना र काठमाडौं महानगर प्रमुख ओली पक्षमा

स्थानिय तहको निर्वाचनमा काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ६ वटामा विजय प्राप्त गरेको नेकपाका ४ जना नगर प्रमुख ओली पक्षमा देखिएका छन भने दुई जना प्रमुख प्रचण्ड -नेपाल पक्षमा देखिएका छन। महानगरपालिकाका मेयर शाक्य ओली समुहमा रहेका छन ।

काठमाडौं जिल्लाको शंखरापुरका प्रमुख सुवर्ण श्रेष्ठ, बुढानिलकण्ठका प्रमुख उद्दव खरेल, टोखाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वरका प्रमुख रामेश्वर बोहोरा ओली पक्षको रहेका छन भने कागेश्वरीका प्रमुख कृष्ण हरि थापा र किर्तिपुरका प्रमुख रमेश महर्जन प्रचन्ड-नेपाल पक्षमा सक्रिय देखिएका छन।

४. उपप्रमुखहरुमा ४ जना ओली, ३ जना माधव प्रचण्ड समुहमा, १ खुल्न बाँकी

उपप्रमुखहरुमा कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी, बुढानिलकण्ठकी उपप्रमुख रमा राई, टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल र चन्द्रागिरीकी उप प्रमुख ओली पक्षमा देखिएका छन भने शंखरापुरकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ तारकेश्वरकी उपप्रमुख भवानी डोटेल र किर्तिपुरकी उपप्रमुख सरस्वती खड्का प्रचण्ड–नेपाल पक्षमा देखिएका छन।

त्यस्तै नागर्जुनकी उपप्रमुख सुशिला अधिकारीले हाल सम्म कुनै पक्षमा नखुलेको श्रोतले जानकारी दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस