पौष २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश साथै पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका छन ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन, ‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ। आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु ।