• २०८३ जेष्ठ २ गते शनिवार

मन्त्री त्रिपाठीद्वारा ५ जना निर्देशकको जिम्मेवारी हेरफेर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।

मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने इडिसीडीका निर्देशक डा। बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । कान्ति बाल अस्पतालको जिम्मेवारीमा डा. आरपी बिच्छालाई दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा। मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस