• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानसेनापतिद्वारा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २७, काठमाडौँ। पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस- २०७७ का अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेका छन् ।

सो अवसरमा सोमबार बिहान ज‌ङ्गीअड्डामा परिसरमा आयोजित विशेष समारोहमाझ प्रधानसेनापति थापाले सेनाको मुख्यालय जङ्गीअड्डामा निर्माण गरिएको उक्त अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

अध्ययन केन्द्रमा पृथ्वीनारायण शाह सम्बन्धी इतिहास, सामग्री, चित्रकला तथा महत्वपूर्ण दस्तावेज राखिने जनाइएको छ । सो क्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण तथा सलामी अर्पण गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस