• २०८३ बैशाख १८ गते शुक्रवार

मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्फत उनले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गरेका छन् ।

मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्षमामार्फत हामी अहिले सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उनले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस