• २०८३ बैशाख ५ गते शनिवार

काठमाडौँमा बस्नेहरूले मतदाता नामावली संकलनका लागि गृह जिल्ला जानु नपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २४, काठमाडौं । के तपाईको नाम मतदाता नामावलीमा चढेको छ रु तपाई भर्खरै १८ वर्ष पुग्दै हुनुहुन्छ कि रु अथवा, कुनै कारणले मतदाताको सूचीमा तपाईको नाम छुटेको छ पो कि रु चिन्ता नगर्नोस्, अब तपाईको बसोबास काठमाडौँमा छ भने यहीँबाट निर्वाचन आयोगका कर्मचारीले नाम सङ्कलन गर्नेछन् । तर, भोट दिनेबेलामा चाहिँ तपाई आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने छ ।

छठ पर्व सकिने बित्तिकै निर्वाचन आयोगले मतदाता नामावलीको व्यवस्थापन एवं अद्यावधिक गर्ने तयारी थालेको छ । अघिल्लो साता बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छठ सकिनासाथ मतदाता नामावली व्यवस्थापन गर्ने प्रस्ताव राखेका थिए । निर्वाचन आयोगले यसका लागि सरकारसँग ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमानित विवरणसमेत पेस गरेको थियो । तर, आयोगले वडा स्तरसम्म पुगेर मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई छोट्याएर ७५३ वटा पालिकाहरूको केन्द्रसम्म मात्र पुग्ने कार्यसूची बनाएको छ । यसका लागि साढे ८ करोड रुपैयाँ लाग्ने आयोगको अनुमान छ ।

पालिका स्तरमा हुने अभियानका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता संकलनसम्बन्धी जनशक्ति व्यवस्थापन गर्न थप अढाई करोड रुपैयाँ खर्च हुने आयोगले अनुमान गरेको छ । यो दुवै कार्यका लागि तत्काल ११ करोड रुपैयाँ निकासा गरिनुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ । ‘छुटेका मतदाताको नाम संकलनका लागि पालिकाहरूमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि अर्थ मन्त्रालयमा बजेट माग भई गएको छ’ निर्वाचन आयोगका शालिग्राम शर्मा पौडेलले रातोपाटीसँग भने, ‘पहिले वडास्तरसम्मै जाने सोचेका थियौँ तर समय, बजेट र आवश्यकतालाई समेत हेरेर ७५३ पालिका स्तरमा जाँदा पुग्छ भन्ने विश्लेषणका आधारमा ११ करोड लाग्ने अनुमान गरेका छौँ ।

Sharing

प्रतिक्रिया दिनुहोस