भदौ ४, काठमाडौं । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले बुधबार रातको १० वजेको समयमा लागु औषध चरेश सहित महिला पक्राउ गरेको छ । चन्द्रागिरि न.पा वडा नं. १२ बलम्बु स्थित एक घरमा डेराकोठा गरी बस्ने धादिङ गजुरी गाउँपालिका वडा नं. ८ घर बताउने वर्ष २२ की पवित्रा थिङलाई लागु औषध चरेश सहित पक्राउ गरेको हो ।
पवित्रा थिङको कोठा भित्र खाट मुनि जेब्रा झोलमा लुकाई छिपाई राखेको अवस्थामा ९ किलो ३५० ग्राम लागु औषध चरेश वरामद गरीएको हो । हाल पक्राउमा परेकी पवित्रा थिङको श्रीमान सुनिल भन्ने फुल बहादुर तामाङ हाल फरार रहेको तथा खोजतलास कार्य भईरहेको छ । बरामद लागुऔषधको अवैध बजार मुल्य अनुमानित रू २ लाख ३४ हजार रहेको छ । यस सम्बन्धमा लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको छ ।