• २०८३ असार १२ गते शुक्रवार

आज साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ । आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेकाे छ । भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ ।

सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टाेली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस