• २०८३ बैशाख १४ गते सोमवार

दाङ जिल्लाको सान होटल पौवा भालुवाङले नयाँ भवनबाट सेवा प्रत्येक रुममा ५५ प्रतिशत छुट

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

भदौ २५, दाङ । लुम्बिनी प्रदेश्को राजधानी दाङको भालुवाङ एक आफैमा आकर्षण थपेको छ । भालुवाङमा बिगत ५ बर्ष देखि संचालनमा आएको होटेल पौवाले आजसम्म हजारौं पाहुनाको स्वागत सत्कार तथा आथित्यता प्रदान गरिसक्यो भने लाखौं मानिसको मन जितिसकेको छ। होटेल पौवा दाङ जिल्लामा मात्र नभएर यसको १० वटा शाखा पनि रहेका छ्न।

राप्ती नदिकै किनारमा बनेको होटेल पौवाले गाउँघरमा पाक्ने लोपोन्मुख देखि लोकप्रिय खानासम्मलाई प्यारोटि दिएको छ । जस्तै धिग्रइ, लोकल माछा, घुङ्गी र गङ्ग्तो जस्ता परिकार हुन भने बस्नलाई पनि ३० वटा सम्म आकर्षक रुम पनि रहेको छ्न ।

जस्तै स्ट्यान्डर्ड रुम,डिलक्स रुम र स्वीट रुम जस्ता जस्को मुल्य ३५०० देखि १५००० सम्म भाडा तिर्नु पर्ने छ। चाडपर्वलाई मध्यनजर गर्दै । केही समयका लागी ५५% छुटको साथमा एक रातको १५७५ मात्रामा रुम पाउन सकिन्छ ।

होटेल भवनको रूफट्पमा जानूभयो भने राप्ती नदिको रमणीय दृश्य बनजङगल अनि भालुवाङको सुन्दर भुगल दर्शन गर्न पाइन्छ ।

यो होटेलले आगामी दिनमा ५० वटा रुम सहित भब्य भवनको निर्माण गर्ने जस्मा स्विमिङ पुल हेल्थ क्लब र अन्य आकर्षक हलको पनि ब्यबस्था रहेको होटेल पौवाका सियो कृष्ण गौतमले जानकारी दिनुभएको छ। होम डेलिभेरी तथा आउटडोर क्याफे जस्ता सुबिधा पनि राम्रो छ्न ।

Sharing

प्रतिक्रिया दिनुहोस