• २०८३ भाद्र १२ गते शुक्रवार

एकतर्फी संचालनमा आयो पृथ्वी राजमार्ग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं ।  भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक एकतर्फी संचालनमा आएको छ । भदौ १० गतेदेखि अवरुद्ध भएको सडकमा रहेको लेदो हटाएर काठमाडौँ-मुग्लिन सडक एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

सडक एकतर्फी खुलेपछि अहिले बिचमा फसेका सवारी साधनलाई मात्र जान दिइएको बताइएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस