• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको मौसम : धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २५, काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस