जेठ २७, धनुषा । नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले पद तगा गोपनीयताको शपथ लिएका छन् । बुधबार राति प्रदेश प्रमुख डा. राजेश अहिराज झाले नव नियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

जसअन्तगर्त भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा सिँचाईमा ओम प्रकाश शर्माले र वीरेन्द्र सिंह सञ्चार मन्त्रीको शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख अहिराजले ईश्वरका नाममा शपथ खुवाएपनि उनीहरूले जनताका नाममा शपथ लिएका थिए । मध्यरात भएकाले सपथ ग्रहणामा माेवाइलकाे टर्च बालेर मन्त्रीहरूले सपथ खाएका थिए ।